• २०८३ मङ्सिर ८ मंगलबार

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ

बुटवल । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा रूपन्देही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

गैडहवा गाउँपालिका–८ शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाललाई ५२ वर्षीय श्रीमान् कमल कुमालमाथि दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै