• २०८३ मङ्सिर १० बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १३ को मृत्यु, १७१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १३ को मृत्यु, १७१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १७१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ । 

त्यस्तै गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।    

त्यस्तै देशभर भएका दुर्घटनामा १७१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४४ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा १५  जना, सुदूरपश्चिममा ७ जना, बागमती प्रदेशमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, कर्णालीमा ९ जना र गण्डकी प्रदेशमा ३४ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै