Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने विषयमा चौधरीले सेवाग्राहीसँग कमिसन मागेका थिए। विभिन्न बहाना बनाएर दुःख दिएको र रकमका लागि मोलमोलाइ गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

चौधरीले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा फोनपेबाट एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम कैद र बिगोबराबर जरिवानाको सजाय माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै