Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १७८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेश र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । 

त्यस्तै देशभर भएका दुर्घटनामा १७८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने कोशीमा ३६ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा ८ जना, बागमती प्रदेशमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ५८ जना, कर्णालीमा ८ जना र गण्डकी प्रदेशमा ९ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै