• २०८१ बैशाख १५ शनिबार

यी हुन् बलिवुडका पढाईमा राम्रो डिग्री भएका सेलिब्रेटी

kharibot

मुम्बई। बलिवुडमा पढाईलाई भन्दा अभिनयलाई धेरै सरहाना गर्ने गरेको पाइन्छ। साथै बलिवुडमा आउने योजना बनाएका नयाँपुस्ता ले पनि आफ्नो पढाईलाई भन्दा अभिनय प्रति नै बढी जोड दिएको देखिन्छ। 

बलिवुडमा ठुला ठुला स्टारहरु पनि स्कुले पढाई भन्दा माथि पढ्न नसकेका कैयौ उदाहरण छन्।  यसैबीच बलिवुडमा अहिले जमिरहेका केहि स्टारहरु जो राम्रो पढाई गरेका छन् तिनीहरुको यस रिपोर्टमा चर्चा गर्न लागिएको छ।  

अभिनेत्री परिणीति चोपडा पढेलेखेकी अभिनेत्रीमा पर्दछिन्।  परिणीतिले म्यानचेस्टर बिजिनेस स्कुल, बेलायतबाट फ़ाइनन्सियल, बिजिनेस र फण्डमा ग्रयाजुएशन गरेकी छन्। त्यस्तै अभिनेत्री अनुष्का शर्माले माउन्ट कार्मेल कलेज बैंगलुरुबाट आर्ट विषयमा ग्रयाजुएशन गरेकी छन् भने अर्थशास्त्रमा एमए समेत गरेकी छन् ।  

त्यस्तै अहिलेका चर्चित अभिनेता रनबीर सिंहले इन्डियाना युनिभर्सिटी अमेरिकाबाट ग्रयाजुएशन गरेका छन्। त्यस्तै अभिनेत्री सोहा अली खानले ग्लोबल रिलेसन विषयमा ग्रयाजुएशन गरेकी छन्। अभिनेता जोन अब्राहीमले एमबिए गरेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै