• २०८१ बैशाख २२ शनिबार

नेपाल–श्रीलङ्काबीच द्विपक्षीय वार्ता, आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

kharibot

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भयो । 

त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान र श्रीलङ्काको बन्दरानायके अन्तर्राष्ट्रिय कूटनीतिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यको समझदारी भएको छ । उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शङ्करदास वैरागी र नेपालका लागि श्रीलङ्काली राजदूत डब्ल्यू एस परेराले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी दुई देशबीच युवा विकाससम्बन्धी समझदारी भएको छ । आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले हस्ताक्षर गरे । 

दुई पक्षीय वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकु¥याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । 

राष्ट्रपति भण्डारीले आफ्ना श्रीलङ्काली समकक्षीको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना गरेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै