• २०८१ बैशाख १५ शनिबार

विद्यार्थीले मनाए गाईजात्रा

kharibot

काठमाडौं । एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीले आइतबार स्कुलमा गाईजात्रा अन्तर्गतको घिन्तागिसी (लठी जुधाएर खेल्ने एक प्रकारको विशेष नाच) नाच खेलेका छन् ।

स्कुलको कक्षा ८ का विद्यार्थीको आयोजनामा भएको नाचमा कक्षा ८ र ६ का झण्डै एक सय ५० जना छात्रछात्रा सहभागी भए । गाईजात्राको क्रममा बजारमा खेलिने नाच आफूहरुले पनि खेल्न पाउँंदा विद्यार्थी रमाएका थिए । 

प्रत्येक वर्ष गाईजात्राको क्रममा विद्यार्थीलाई घिन्तान्गिसी नाच खेलाउँंदै आएको स्कुलले जनाएको छ । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई स्थानीय कलासंस्कृति, जात्रापर्व, रहनसहनलाई नजिकबाट बुझ्न सहयोग होस् भनेर यस्तो कार्यक्रम गर्दैे आएको जनाए ।

एक हप्ता चल्ने गाईजात्राको क्रममा विमस्टेकका कारण वीचमा स्कुल विदा भएकाले यो वर्ष अन्तिम दिन कार्यक्रम गरेको उनले सुुनाए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै