• २०८१ बैशाख १५ शनिबार

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाण्डौंको ठमेलमा

kharibot

काठमाडौँ। आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौको ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिए । साथै सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको वताए । यस विकास बैंकले यी सबै कामहरु उत्कृष्ट रुपमागर्दै आएकोमा प्रशंशा गर्दै ठमेल शाखाको प्रगतिको कामना गरे । 

उक्त कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ्ग, नेपाल महिला सघंका क्षेत्रीय सभापती (क्षेत्र न. ६) सावित्री राजभण्डारी लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए। यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनिकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

उद्घाटन समारोहका सभाध्यक्षतथा संचालक समितिकासदस्यश्री नारायण कुमार श्रेष्ठलेसदैव गुणस्तरीय सेवाप्रदानगर्दै अगाडी बढ्ने र विभिन्नवित्तीयतथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता व्यक्त गरेका थिए। 

मुक्तिनाथविकास बैंकको हाल सम्मका ठमाण्डौ उपत्यकाभित्र ठमेललगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आईसकेका छनभने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र  बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै