मुम्बई। गत शुक्रबार रिलिज बलिवुड फिल्म फिल्म 'स्त्री' भारतीय बक्स अफिसमा शानदार व्यापार गरेको छ । करोड ५५ लाखको व्यापार गरेर फिल्मले भारतीय बक्स अफिसमा ५४ करोड ८९ लाखको व्यापार गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
फिल्मले पहिलो दिन शुक्रबार ६.८३ करोड, शनिबार १०.८७ करोड, आइतबार १४.५७ करोड ब्यापार गरेको थियो। त्यस्तै सोमबार ९.७० करोड र मंगलबार ६.३७ करोड व्यापार गरेको थियो। करिब ३० करोडको लगानीमा बनेको यो फिल्मले आफ्नो लगानी उठाएर दोब्बर नाफा गर्नेतर्फ गइरहेको छ।
राजकुमार रावको बलिवुड क्यारियरलाई थप मजबुत बनाएको छ भने लगातार फिल्म फ्लप भएर क्यारियर नै धरापमा परेकी अभिनेत्री श्रद्धा कपुरका लागि पनि ठुलो राहत भएको छ। श्रद्धाका यस अघि, रक अन २, हसिना पार्करओके, ओके जानु फ्लप भएका थिए।