• २०८१ बैशाख १४ शुक्रबार

बाख्राले मान्छेको भावभङ्गिमा बुझ्न सक्ने  

kharibot

फाइल तस्विर । 

काठमाडौ । पछिल्लो समय सार्वजनिक भएको एक शोधले मानिसलाई पढ्ने क्षमता कुकुर र घोडामा मात्र नभएर बाख्रामा पनि हुने जनाएको छ । एक अध्ययनको अनुसार बाख्राले पनि मान्छेको भावभङ्गिमा बुझ्न सक्छ । 

बाख्राले खुसी मानिससँग अन्तरक्रियात्मक हुन मन पराउँछ । लण्डनको क्वीन म्यारी युनिर्भसिटीमा भएको एक शोधबाट यस्तो तथ्य बाहिर आएको हो । बाख्राले  खुसी, रिसाहा आदि मानिसको धेरै किसिमका भावभंगिमा बुझ्न सक्छ ।

अध्ययनको नेतृत्व गर्ने डक्टर एलेनको अनुसार यो शोधले जनावरसँग कस्ता वार्तालाप गर्न सकिन्छ भन्ने कुराले महत्व राख्दछ । मानिसको भावनामा सम्झने क्षमता घरपालुवा जनावरमा मात्र सिमित हुदैन । 

उक्त शोध समुहका अनुसार खुसीले युक्त अनुहार बाख्राले ध्यान दिएर हेर्दछ । बाख्रा प्रसन्न मानिसतर्फ नजिक हने कोशिश गर्दछ । 

अर्का डाक्टर नोवर्थका अनुसार बाख्राले मान्छेको हाउभाउ बुझेर छुट्टाछुट्टै हाउभाउ प्रस्तुत गर्दछ । बाख्राले खुसी, दुख आदि भाव पहिचान गरेर खुसी मानिससँग अन्तरक्रिया गर्न मन पराउने अनुसन्धानले पत्ता लगाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै