• २०८१ बैशाख १४ शुक्रबार

नुवाकोटमा तरकारी उत्पादन वृद्धिका लागि रू. ५ करोड

kharibot

नुवाकोट । नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रु पाँच करोड बढी खर्चिने भएको हो ।

तरकारी क्षेत्रको लागि रु दुई करोड ५१ लख ८६ हजार र आलुका लागि दुई करोड ५१ लाख बजेट रहेको छ । जिल्लामा तरकारी क्षेत्र कार्यक्रम गत आवबाट लागू भएको हो । गत आवमा रु ८५ लाखमात्र बजेट थियो । परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले तरकारी खेतीको विकास र विस्तारसहित बजारीकरणको समेत काम गर्न सो कार्यक्रम सञ्चालन भएको बताए ।

तरकारी क्षेत्रले नुवाकोटका चार गाउँपालिकालाई समेटेको छ । ककनी गाउँपालिका १ देखि ७, शिवपुरी गाउँपालिकाको वडा नं ६, ७ र ८, पञ्चकन्या गाउँपालिकाको वडा नं ३, ४ र ५ तथा दुप्चेश्वर गाउँपालिकाको वडा नं ३ र ५ लाई समेटेको छ । तरकारी क्षेत्रले जिल्लामा २५० हेक्टर क्षेत्रफल समेटेको छ । नुवाकोटमा तीन हजार २३८ हेक्टर जमीनमा तरकारीखेती हुँन्छ । अहिले २५० हेक्टरबाट कार्यक्रम शुरु गरिए पनि यसको क्षेत्र विस्तार हुँदै जाने डा गैरेले बताए ।

तरकारी क्षेत्रमा ७६ कृषक समूह, सहकारी र उद्यमी संलग्न छन् जसमा एक हजार ३७ किसान प्रत्यक्षरुपमा सहभागी भएर तरकारी खेती गरिरहेका छन् । कार्यक्रम क्षेत्रले समेटेको गाउँमा १४ लाख तरकारीका विरुवा उत्पादन गर्ने क्रममा रहेको तरकारी जोन सञ्चालन समितिका संयोजक रामप्रसाद पुडासैनीले बताए । “१५ वटा वडामा १५ नर्सरी स्थापना भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै