• २०८१ बैशाख १५ शनिबार

'फ्लावर अफ शिल्क रोड' परम्परागत कला प्रदर्शनी

kharibot

भक्तपुर । नेपाल र चीनबीच साँंस्कृतिक आदानप्रदानमा सहयोग गर्ने उद्देश्यले बिहीबार भक्तपुरमा साँंस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चीन साँंस्कृतिक केन्द्रको आयोजनामा फ्लावर अफ शिल्क रोड परम्परागत कला प्रदर्शनी भएको हो ।

प्रदर्शनमा चीन साँंस्कृतिक केन्द्रका कलाकलाहरुले विभिन्न साँंस्कृतिक प्रदर्शनीहरु गरेका थिए । साथै उनीहरुले चिनियाँं गीत, नृत्य प्रदर्शन गरेका थिए । विशेष गरेर चीनका पुराना कला संस्कृति झल्किने प्रदर्शनी गरेका थिए । उनीहरुले गीत, मार्शल आर्टस्, ओपेरा, परम्परागत बाद्यबादनको प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीले पनि प्रदर्शन गरेका थिए । उनीहरुले पनि चिनियाँं गीत, भक्तपुरको माक प्याखं (बाँंदर नाच)लगायतका नाच देखाएका थिए ।   

कार्यक्रममा चीन साँंस्कृतिक केन्द्रका मिष्टर यिंग, एभरेष्ट इंगलिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले साँंस्कृतिक प्रदर्शनीले दुई देशबीचको साँंस्कृतिक आदानप्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

यस्तो कार्यक्रम भएको एभरेष्ट इंगलिश स्कुलमा यो पहिलो पटक रहेको स्कुलले जनाएको छ । केन्द्रले यस्ता कार्यक्रमहरु काठमाडौंमा भने देखाइरहेको जनाएको छ । कार्यक्रमपछि मायाको चिनो आदानप्रदान गरिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय