• २०८१ बैशाख १४ शुक्रबार

तरुण दल रोल्पा नगर अध्यक्षको गोली हानि हत्या

kharibot

काठमाडौँ । नेपाल तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्या भएको छ । रोल्पा जिल्लास्थित सुलिचौर बजारमा हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम तरिकाले गोलि प्रहार गरि हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले एक विज्ञप्ति निकाल्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अध्यक्ष पुनको हत्या गरेको उल्लेख गरेका छन्। 

इलाका प्रहरी कार्यलयबाट पन्ध्र मिटर दुरिमा मात्र रहेको घटनास्थल सुलिचौरमा आफ्नो सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको भन्दै तरुण दलले अपाराधिक र आतंककारी शैलीको घोर भर्त्सना गरेको छ।  

सत्ताको आडमा गरिएको यो अपराधीक घटनाको हत्याराहरुलाई तत्काल कडा भन्दा कडा कारवाहीको माग गर्दै तरुण दलले सरकारलाई जनताको जिउ धनको सुरक्षा र अपराधीलाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै