• २०८१ बैशाख १५ शनिबार

नेपाल बङ्गलादेश बैंकको ७७ औं शाखा कञ्चनपुरमा 

kharibot

नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७७औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट कन्चनपुर जिल्लाको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको हो । 

उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष श्री मदन सेव बदायकद्वारा गरिएको थियो ।

बैँकले यस् क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।  

चानदेव शाखा सहित बैंकले ७७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय