काठमाडौं। पहिकोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति इच्छाकामना गाउँपालिका– ६ को कालिखोला, चारकिलो र जलविरेमा पहिरो गएपछि कुनै पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।