• २०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ बिकास बैंकले १९ प्रतिसत लाभांस दिने

kharibot

काठमाडौं। मुक्तिनाथ बिकास बैकले १९ दसमलव २१ प्रतिसतको अनुपातमा लाभांस बितरण गर्ने घोषणा गरेको छ । 

बैंकले हाल कायम रहेको चुक्ता पुंजी दुुई अर्ब ५९ करोड १७ लाख ६३ हजार तीन सय १७ रुपैयाँ मध्येबाट १८ दसमलव २५ प्रतिसतका दरले ४७ करोड २९ लाख ९६ हजार आठ सय छ रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दसमलव ९६ प्रतिसत अर्थात दुई करोड ४८ लाख ९४ हजार चार सय ६९ रुपैैयाँ नगद लाभांस  बितरण गर्ने घोषणा गरेको हो । 

लाभांस बितरण सम्वन्धी सञ्चालक सञ्चालक समितीको यही भदौ २७ गते बुुधबार बसेको दुुई सयऔं बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै