• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैंकले आगामी सोमबार १५ सय ४८ करोडको ट्रेजरी बिल बिक्री गर्दै

kharibot

काठमाडौं। आगामी सोमबार अर्थात असोज एक गते नेपाल राष्ट्र बैंकले १५ सय ४८ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार जारी मिती असोज दुुई गते तोकिएको उक्त टे«जरी बिल खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिने अवधिको आठ सय २३ करोड, एक सय ८२ दिने अवधिको दुुई सय र तीन सय ६४ दिने अवधिको दुुई सय करोड समेत गरी १५ सय ४८ करोड रुपैयाँ रहेको छ । 

राष्ट्र बैंकका अनुसार सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व अवधि यही असोज ३० गते रहेको छ । यसैगरी ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ पुस ३ गते रहेको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ चैत ५ गते रहेको छ ।  तीन सय ६४ दिने टे«जरीको परिपक्व हुुने अवधि भने ०७६ भदौ ३१ गते रहेको छ । 

राष्ट्र बैंकले यसअघि पनि यही भदौ २५ गते ९१ दिने अवधिको दुुई सय २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब सय करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै