काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण २०७६ असार मसान्तभित्रै

खरीबोट

काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काण्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ ।

बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । शुक्रबार समितिका संयोजक एवं तीन नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले यथाशीघ्र अघि बढाउन निर्देशन दिए ।

उनले पुनर्निर्माण कार्यको गुणस्तर कायम गर्नका लागि समयसमयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन पनि सुझाव दिए । समितिका संयोजक शाक्यले पुनर्निर्माणलाई अघि बढाउन पुरानो डीएसपी कार्यालय रहेको स्थानमा काठको वर्कसप संचालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो वर्कसप स्थापना गरी संचालन गरिने जानकारी दिए ।

संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने बताए । समीक्षा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको पनि उपस्थिति थियो । काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

सम्बन्धित समाचार

काष्ठमण्डपका तीन स्तम्भ विधिपूर्वक पूजा गरेपछि कार्यस्थलमा

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ ।  हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त

बर्दिबासको काठले काष्ठमण्डपको जग (फोटो फिचर) 

काठमाडौँ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । माघ  २७ गते श्रीपञ्चमीको दिन काष्ठमण्डपमा जग हाल्ने तयारी भईरहेको

काष्ठमण्डपको मूल थाम श्रीपञ्चमीको दिन उठाइने

काठमाडौँ । हाल निर्माणाधीन रहेको काष्ठमण्डपको मुल थाम श्रीपञ्चमीको दिन उठाईने भएको छ ।  २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणले गति लिएसंगै यहि माग २७

यसरी बन्दै छ काष्ठमण्डप

काठमाडौं / २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुननिर्माणले पछिल्लो समय गति लिएको छ । लामो समयसम्म स्थानीय र काठमाण्डौँ महानगरपालिकाबीचको विवादले पुनर्निर्माणमा अवरोध हुँदै आए पनि अहिले भने महानगरकै


z