च्यासल युवा क्लबका मुख्य प्रशिक्षकमा राजु शाक्य नियुक्त 

खरीबोट

काठमाडौँ। पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यलाई च्यासल युवा क्लबले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । 

करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि शाक्यलाई असोज १ गतेदेखि लागु हुनेगरी क्लबका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्लबले जनाएको छ । प्रशिक्षक शाक्यले राष्ट्रिय फुटबल टोलीका साथै मनाङ–मस्र्याङ्दी क्लब र एनआरटी क्लबको प्रशिक्षकका रूपमा काम गरिसक्नुभएको छ । च्यासल यसै याममा ए डिभिजनमा उक्लिएको हो । 

आगामी असोज १४ गतेदेखि शुरु हुने लिग करीब पाँच महिनासम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबको सहभागिता रहनेछ । यस पटकको लिगमा रेलिगेशन नभए पनि एन्फाले बटम तीन क्लबको अङ्क घट्ने र आर्थिक रूपमा पनि केही रकम कटौती गर्ने जनाएपछि ए डिभिजन क्लबहरु धमाधम खेलाडी र अनुभवी प्रशिक्षक नियुक्त गर्न थालेका छन् । 

सम्बन्धित समाचार

अनन्तले ‘ए’ डिभिजन लिग खेल्न पाउने, खेलाडी दर्ताबाट नाम फिर्ता लिंदै थ्रीस्टार र मनाङ

काठमाडौँ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् । दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका

‘ए’ डिभिजन लिग फुटबल : सातौ चरणका खेल आजदेखि

काठमाडौँ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौ चरणका खेल आजदेखि हुँदैछन् ।  शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ ।

ट्रायलका लागि बेल्जियम जाँदै विमल, ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका

थ्रीस्टार ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क


z