• २०८१ बैशाख १४ शुक्रबार

प्रकाण्डलाई उदयपुर पुर्याइयो, विस्फोटसम्बन्धी मुद्धा चलाउने तयारी 

kharibot

गाईघाट। नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ । 

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । प्रकाण्डले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए । 

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै