• २०८१ बैशाख १४ शुक्रबार

नेपाली रेफ्रीद्वय केसी र गुरुङले भलिबलको अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

kharibot

फाइल तस्बीर

काठमाडौँ। भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । 

एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ। 

एशियन भलिबल महासङ्घको आयोजनामा भदौ २० देखि ३१ गतेसम्म थाइल्याण्डमा सञ्चालन भएको एशियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै