• २०८१ बैशाख १४ शुक्रबार

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा पेश गर्न आदेश 

kharibot

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै भाइ वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले उनलाई थुनामा राखिरहनुपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले निवेदकले मागे अनुसार बन्दीप्रत्यक्षीकरण आदेश जारी हुनु नपर्ने कारण भए बाटोको म्यादबाहेक ३ दिनभित्र बन्दीसमेत उपस्थित हुन सरकारलाई आदेश दिएको हो ।

गत भदौ २९ गते सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशबाट रिहा भएका प्रकाण्डलाई त्यसै दिन पक्राउ गरी उदयपुर लगिएको छ । उदयपुर जिल्ला अदालतले आइतबार ६ दिनको म्याद थपेर अनुसान्धान गर्न समय दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै