• २०८१ बैशाख १४ शुक्रबार

अख्तियार प्रमुखमा सिफारिश घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने

kharibot

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार दिउँसो १ बजे गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

संवैधानिक परिषद्को गएको भदौं २० गते बसेको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल फागुन १ गते देखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै