• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजारमा सुधार : दुवै सूचक बढे 

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार  दिन आज मंगलबार भने नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज दुई दशमलव ४१ अंकले बढेर १२ सय ५८ दशमलव ८१ विन्दुमा चढ्दा सेन्सिटिभ पनि शून्य दशमलव १६ अंकले बढेर दुई सय ६६ दशमलव ६० विन्दुमा चढेको छ ।

एक सय ६९ कम्पनीहरुको पाँच हजार आठ सय ७७ वटा काोबारमा १५ लाख ५९ हजार चार सय सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणम सेयर खरिद बिक्री हुंदा काोबार रकम  ४६ करोड ६९ लाख ७२ हजार एक सय ९६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा ११ वटा समूहको कारोबार भएको छ । जस अनुसार सात वटा समूहको सूचक बढेर तीन वटाको सूचक घटेका छन् भने ट्रेडिङ समूहको सूचक स्थिर रहेको छ । वाणिज्य बैंक समूहको सूचक दुई दशमलव १३ अंकले घटेर एक हजार ९७ दशमलव ४९ विन्दुमा झर्दा १७ करोड नौ लाख ९३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल र फाइनान्स समूहको सूचकमा पनि आज गिरावट आएको छ ।

विकास बैंक समूहको सूचक भने एक दशमलव ७१ अंकले बढेर १५ सय १० दशमलव ९४ विन्दुमा चढ्दा तीन करोड ३८ लाख ३५ हजार पाँच सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ । निर्जिवन बीमा समूहको सूचक पनि ७३ दशमलव ९५ अंकले बढेर छ हजार एक सय ३१ दशमलव तीन बिन्दुमा चढ्दा ११ करोड २७ लाख १९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यीबाहेक आज जलबिद्युत, जीवन बीमा, लघुबित्त, उत्पादनमुलक र अन्य समूहको सूचक पनि पनि सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको अरुण कावेली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८४ पैसाले बढेर दुई सय ६६ रुपैयाँमा काोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको हाथ्वे फाइनान्सको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ८३ पैसाले घटेर एक सय १८ रुपैयाँमा काोबार भएको छ ।

रकम काोबारका आधारमा अग्रस्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ७३ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ३६ लाख ९८ हजार छ सय ९७ रुपैैयाँको काोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै