• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौं महानगरका मेयर शाक्य अमेरिकामा 

kharibot

डिसी। काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो ।

वरिष्ठ लोक गायक तथा महा बाणिज्य दुत प्रेम राजा महतले नगर प्रमुख शाक्यलाई बाल्टिमोरमा गत सेप्टेम्बर १७ तारिखका दिन स्वागत सहित रात्री भोजनको आयोजना गरेका थिए ।

अमेरिकाको भ्रमणमा आएको काठमाडौं महानगरपालिकाका नगर प्रमुख शाक्यसहित टोली तथा बिदेशी अतिथिहरुलाई समेतलाई महाबाणिज्य दुत प्रेम राजा महत लगायत नेपाली समुदाय तथा संघ.संस्थाका प्रतिनिधिहरुले भब्य स्वागत गरेका छन् ।

साथै अमेरिका आएको काठमाडौँ महानगरपालिकाका टोलीलाई बाल्टिमोर नगर परिषदका प्रमुख लगायत उनका साथमा आएका बिदेशी टोलिका सदस्यहरु ,बाल्टिमोरका नेपाली समुदाय ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )का अध्यक्ष अनु श्रेष्ठ वन्त, लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष विजय श्रेष्ठ ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन सिजन श्रेष्ठ लगायतले समेत स्वागत गरेका छन् ।

उक्त अनौपचारिक स्वागत तथा रात्री भोज कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्य लाई महा बाणिज्य दुत प्रेम राजा महत तथा संघ/संस्थाका प्रतिनिधिहरुले खादा लगाउनुको साथै लाइन्स क्लब अफ बाल्टिमोरले लाइन्स क्लबको बिल्ला (पिन ) समेत प्रदान गरेको थियो । 

आफूले यहाँका राम्रा राम्रा कुरा सिक्ने र महानगरपालिकालाई कसरी व्यवस्थित तथा सुन्दर बनाउन सकिन्छ त्यस बारेमा आफू लागि पर्ने बताए । र्जिनिया राज्यको फेड्रिकवर्ग नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रम रहेको छ। 

नगर प्रमुख शाक्यले आफु र आफ्नो टोलि अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगर संग भगिनी सम्बन्ध स्थापना गर्न आएको जानकारी दिएका थिए। उनको साथमा नेपालबाट काठमाडौँ महानगरपालिकाको टोली तथा अमेरिकाको भर्जिनिया राजको फेड्रिकवर्ग नगरका टोलीसहित उक्त स्वागत तथा रात्री भोजमा उपस्थिति रहेका थिए । साथै बाल्टिमोर नगर परिषदका प्रमुख/सभापति बरनार्ड सी ज्याक योङ्गलाई बिद्यासुन्दर शाक्यले काठमाडौँबाट ल्याएको बुध बुद्धको तस्बिर प्रदान गरेका थिए । 

गत बर्ष भर्जिनिया राज्यको फेड्रिकवर्ग शहरका नगरका प्रमुख मेरी क्याथरिन ग्रीन नेपाल पुगेका बेला उनले दुई सहरको भगिनी सम्बन्ध स्थापित गर्ने बताएका थिए। 

गत बर्ष नेपाल भर्जिनियाको फेड्रिकवर्ग शहरका मेयर ग्रीनलको नेतृत्वमा १० सदस्यीय नेपाल पुगेको थियो भने अहिले काठमाडौँ महानगरपालिकाको ९ सदस्यीय टोली अमेरिका आएको छ ।

भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो । नागरिक अधिकार प्राप्तिकालागि भएको संघर्षका क्रममा पहिलो र दोश्रो पटक फ्रेड्रिकवर्ग युद्ध भएको स्थानलाई अहिले स्पोर्टसलभनिया नेशनल मिलिटरी पार्कका रुपमा संरक्षण गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै