• २०८१ बैशाख २६ बुधबार

१० वर्ष सजाय पाएका फरार अपहरणकारी लामा पक्राउ 

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन पुनरावेदन अदालत पाटनबाट १० वर्ष कैद र ५० हजार जरिवाना पाएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

प्रहरीले सिन्धुपाल्चोकका भरत भन्ने माइला लामालाई काठमाडौंको माकलबारीबाट बिहीबार पक्राउ गरेको हो । लामाले २०७० वैशाख ३१ मा पुनरावेदन अदालत पाटनबाट उक्त सजाय पाएका थिए । उनीविरुद्ध शिवबहादुर खड्काले अपहरण मुद्दामा जाहेरी दिएका थिए ।

खड्कालाई ०६७ वैशाख १६ मा जोरपाटीस्थित सुवर्ण खड्काको घरमा लामा सहितका व्यक्तिहरुले जग्गाको कमिसन नदिएको भनी बन्धक बनाए पनि सोही वर्ष जेठ ७ मा प्रहरीले मुक्त गर्न सफल भएको थियो ।

आज उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै