• २०८१ बैशाख १५ शनिबार

तान्जानियामा डुंगा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता  

kharibot

नैरोबी। तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । 

तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । 

यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । दर्जनौको सङ्ख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषदका प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गरेका छन् । 

क्षेत्रीय गभर्नर जोन मोङगेल्लाले यस दुर्घटनमा परी करिब एकसय जनाको मृत्यु भएकोे र अन्य ३७ जनालाई उद्धार गरिएको बिहीबार बताए । यद्यपी उद्धार गरिएकाहरुमा पनि केहीको अवस्था चिन्ताजनक भएको जोनले बताए । 

तान्जानियाको सरकारी निकायका अनुसार यस डुङ्गामा कति व्यक्ति सवार रहेका थिए भन्ने प्रष्ट भएको छैन । डुङ्गा दुर्घटनाको कारण हाल प्रष्ट नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमता भन्दा बढी नै व्यक्ति रहने गरेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् । 
करिब ७० हजार वर्ग मिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया ताल अण्डाकारमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै