सपनिमा जस्तै गरि, सतायौ गयौ ।
निकोभाको घाउ थियो, बल्झायौ गयौ ।
कफन बेरिएको शरीर तिम्रै प्रतीक्षामा थियो,
चिता छेउमै आएर, मुस्कुरायौ गयौ ।
त्यो दिनदेखी जिन्दगी पर्खाइमै बितेको छ,
जुनदिन तिम्ले बिदाइको हात, हलायौ गयौ ।
भन्नलाई त के नै छ र, तिम्रै हुँ भन्यौ,
सिन्दुर,पोते अर्कैको, लगायौ गयौ ।
बाचुन्जेल तिम्रै कारण रुन लेख्या रैछ,
बेकारमा दुइचार दिन, हसायौ गयौ ।