• २०८१ बैशाख १४ शुक्रबार

विश्वका प्रत्येक २० मध्ये एकको मृत्युको कारण मदिरा

kharibot

स्विजरल्याण्ड । मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाखभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

यो सङ्ख्या विश्वभरिमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ ।

राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ ।

हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुको सङ्ख्या जोडिएको छ ।

झण्डै पाँच सय पृष्ठ लामो सो प्रतिवेदनमा मृत्यु भएका मध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुनेगरेको पाइएको उल्लेख छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै