सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन : प्रवक्ता शर्मा

खरीबोट

बाँके । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुभ्mनुपर्छ ।”

मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको छ, भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरे ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले भने, “आप्mनो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन ।”

प्रवक्ता शर्माको थप भनाइ थियो, “काँग्रेस अहिले आप्mनो साङ्गठनिक संरचना विस्तारमा सक्रिय रहेको छ । मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुन्छ ।”

सम्बन्धित समाचार

जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग काँग्रेसको अन्तरक्रिया

काठमाडौँ । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया शुरु गरेको छ ।   अन्तरक्रियाको शुरुआतका

मन्त्री बिना मगरको नेतृत्वमा काँग्रेस कार्यकर्ता कुटिए – बद्रि पाण्डे

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रशासनको संरक्षणमा आफ्नो पार्टीका कार्यकर्ता कुटेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका

काँग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने

बाबुरामलाई गगनको जवाफ: विपीको विचार काँग्रेसको आत्मा हो, राप्रपाले अपहरण गर्न सक्दैन

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापा र सम्ज्वादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सामाजिक संजालमा जुहारी चलेको छ । केहि दिन अघि नेता थापाले गोरखाको पालुङटारमा पुगेर


z