• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित, अग्युरोले गरे सिटीमा ३ सयौ गोल 

kharibot

काठमाडौँ। इलिङश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शानदार जित हासिल गरेको छ । शनिबार भएको खेलमा सिटीले कार्डिफ सिटीलाई ५-० ले पराजित गरेको छ। 

म्यान्चेस्टर सिटीको जितका लागि रियाद महरेजले २ गोल गरेका छन् भने सर्जियो अग्युरो, बेर्नार्ड़ो सिल्भा र गुन्डोगानले एक एक गोल गरेका थिए।  अग्युरोले खेलको ३२औ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३५औ मिनेटमा बेर्नार्ड़ो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। सिटीका लागि ४४औ मिनेटमा गुन्डोगानले तेस्रो गोल गरेका थिए। 

पहिलो हाफमा ३-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा २ गोल थपेको थिए। सिटीका लागि खेलको ६७औ र ८९औ मिनेटमा महरेजले गोल गरेर सिटीलाई ५-० को जित दिलाएका थिए। 

अग्युरोले केहि दिन अगाडी सिटीमा २०२१ सम्म रहने सम्झौता गरेपछिको खेलमा गोल गर्दै सिटीमा आफ्नो ३ सयौ गोल गरेका छन्। त्यस्तै यसै सिजनमा लेस्टर सिटीबाट म्यान्चेस्टर सिटीमा आएका महरेजले सिटीका लागि यसै खेलमा पहिलो गोल गरेका छन् ।

यो जितसँगै सिटी ६ खेलमा १६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । सिटीले अब आफ्नो अर्को खेल बर्नलीसँग खेल्ने छ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै