• २०८१ बैशाख १४ शुक्रबार

कलवार समुदायको कुल देवता “बलभद्र” भगवानको पूजाको आयोजना

kharibot

बारा। कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको शनिवार सामुहिक पूजाको आयोजना गरिएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरमा आयोजित पूजा , पूजा समितिका संयोजक मुकेश गुप्ताको नेतृत्वमा आयोजना गरिएको हो ।

सामुहिक पूजाको जजुमानको रुपमा स्थानीय कल्वार समुदायका चन्दन गुप्ता र उनकी पत्नीले पूजाको अवधी भर उपवास (चौका) बसी पूजालाई पूर्णता दिलाएका थिए ।

प्राचिन कालदेखि नैं श्रीकृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बताए । 

बललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बताउँदै बलभद्र भगवानलाई भात , बिषेश किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउँने प्रचलन रहेको छ । 

उनको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलिआईरहेको पनि उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै