• २०८१ बैशाख १५ शनिबार

काँग्रेसको सभापति अब कोइराला परिवारबाट हुन्छ - महामन्त्री कोइराला  

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् । कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए ।

रुपन्देहीको बुटवलमा आइतबार आयोजित रिपोर्टर्स क्लब रुपन्देहीले गरेको साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए । 

‘कोइराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी छ । त्यसैले अवको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’ महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा भने, ‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ ।  सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’

कार्यकर्ताको माया र चाहना अनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई थियो ।‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठुलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ’ महामन्त्री कोइरालाको जिकिर थियो ।

देशभरका काँग्रेस नेताकार्यकर्ताको माया र चाहना कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहाका क्रममा पाएको उनले सुनाए ।कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ बिधान पारित गरिने भन्दै उक्त विधान कम्तिमा आगामी ३० बर्षका लागि हुने प्रष्ट पारे ।

आगामी चार बर्षपछिको चुनाबमा काँग्रेस पहिलो पार्टी बन्ने कोइरालाको भनाई छ । ‘काँग्रेस बिबादमा अल्झने अबस्था छैन,अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

बर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप कोइरालाको छ । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन’ सरकारप्रति कोइरालाको निश्कर्ष छ ।

काँग्रेसका २ चुनौती रहेको भन्दै उनले काँग्रेसको संगठनमा  गुट उपगुटको अन्तय हुनुपर्ने बताए ।

काँग्रेसका कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय,२० मेडिकल कलेज  र ८४ हजार किलोमिटर सडक बनेको उनको भनाइ छ ।

सरकारले प्रेस जगतलाई हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने भएकाले हस्तक्षेपबिरुद्ध खबरदारी गर्न पत्रकारलाई उनले आग्रह गरे ।

२०१५ सालमा बिपीले प्रेस स्वतन्त्रताको थालनी गरेको स्मरण गर्दै त्यसवेला पत्रकारलाई ४०० रुपैंयाँ दिएर बिपीले आफ्नो बिरुद्ध लेख्न आग्रह गरेको स्मरण गरे ।

काँग्रेसको नयाँ विधानबारे बोल्दै उनले सभापतिको अधिकार बिकेन्द्रीकरण गर्नुपर्ने बताए । ‘तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाँउ र प्रदेशमा अधिकार दिनुपर्छ’ कोइरालाको भनाई थियो । कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे ।

चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै