• २०८१ बैशाख १४ शुक्रबार

प्रहरी जवानद्वारा आत्महत्या

kharibot

स्याङ्जा। जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । आज बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 

आत्महत्या गर्नुका कारणबारे थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक थापाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका बारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछि मात्र शव परीक्षण गरिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै