• २०८१ बैशाख १५ शनिबार

आदित्य र तमन्ना बने लिटिल स्कुल स्टार

kharibot

बुटवल। प्रदेश पाँचको राजधानी बुटवलमा आयोजित लिटिल स्कुल स्टारको उपाधि आदित्य श्रेष्ठ र तमन्ना लम्सालले जितेका छन् । स्कुले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका निमित्त आयोजित उक्त प्रतियोगितामा यहाँस्थित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 

करिब एक महिनाको प्रशिक्षणमा विभिन्न चरण पार गर्दै सहभागीहरु फाइनलमा पुगेका थिए । एसपीएम क्रियशन रुपन्देहीले आयोजना गरेको  लिटल स्कुल स्टारमा ६० जनालाई पछाडि पार्दै आदित्य र तमन्नाले उपाधि जिते । गायनमा रुचि राख्ने ११ वर्षिय आदित्यले शिर्ष उपाधिसँगै मोस्ट ट्यालेन्टको उपाधि पनि चुमे । गत बुधबार आयोजित यसै प्रतियोगितामा ब्लेस सुवेदी र दिप्सा कर्माचार्य फस्ट रनरअप, स्मृत खत्री र क्रिस्टिना थापा मगर सेकेण्ड रनरअप बने ।  

गृवाण सिंह क्षेत्री र किरण जिसी भिवर्स च्वाईस बनेको प्रतियोगितामा अर्गनाईजर च्वाईस युनेश घताने र लिसा थापा मगर बने । भिवर्स च्वाईस विजेता मध्य गृवाणले साईकल र किरणले थाइल्याण्ड टुर जितेका छन् ।

प्रमुख निर्णायक नायिका प्रियंका कार्की र आयुष्मान जोशीको उपस्थितीले पनि प्रतियोगितामा बेग्लै उत्सुकता थपेको थियो । यी दुबैले आफ्नो बाल्यकाल स्मरण गर्दै प्रतियोगी बालबालिकाहरुलाई उत्कृष्ट प्रतिभा प्रर्दशन गर्न हौंस्याइरहे । राजीब भूषाल, दुर्गाथापा मगर र लक्ष्मण छन्त्याल अन्य निर्णायकहरु थिए । आयोजक एसपीएम क्रियशन रुपन्देहीका अध्यक्ष पवन आचार्यले बालबालिकाहरुले राम्रो प्रर्दशन गर्न सकेकामा खुशी प्रकट गर्दै यसलाई निरन्तरता दिने जनाए । 

यस्ता कार्यक्रमले बालबालिकाहरुको क्षमता अभिवृद्धिमा ठुलो सघाउ पुग्ने प्रमुख अतिथि समेत रहेकी प्रदेश नम्बर ५ की सांसद कमलादेवी विश्वकर्माले बताईन । कोरियोग्राफर समेत रहेका रेशम न्यौपानेले संचालनमा गरेको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि देखाइए ।

तस्बिर : एसपीएम क्रियशन

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै