काठमाडौं । मारुती सिमेन्टले अन्तर्राष्ट्रियस्तरको मापदण्ड पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अन्तर्राष्ट्रियस्तरको मापदण्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले क्लिंकर ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्रीवितरणको लागि एन.एस÷आई.एस.ओ ९००१ः२०१५ र क्लिंकर– क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एन.एस÷आई.एस.ओ १४००१ः२०१५ प्राप्त गरेको जनाएको छ ।
कम्पनीले एक दशकअघि स्थापना भएर सिमेन्द उत्पादन गर्दै आएको जनाएको छ । साथै उदयपुरको पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट– मारुती सिमेन्टको उत्पादन भइरहेको पनि कम्पनीको भनाइ छ ।