• २०८१ बैशाख १४ शुक्रबार

टर्की लगेर अलपत्र पार्ने अदै पक्राउ

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक मानव तस्करलाई पक्राउ गरेको छ ।

बाग्लुंग ढोरपाटनका काठमाडौं बस्दै आएका वीर बहादुर अदै पक्राउ परेका हुन् । 

दुई जनालाई युरोपको ग्रिसमा काममा लगाइदिने भनी उनीहरुलाई टर्कीसम्म पुर्याएर अलपत्र पारेको उजुरीको आधारमा अदैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदै टोखा बस्दै आएका थिए । उनीहरुको १२ लाख ठगी भएको प्रहरीको भनाइ छ ।

अदैलाई जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै