• २०८१ बैशाख १४ शुक्रबार

नजिकिँदो दशैँ : छैन बसपार्कमा भीड ! (फोटोफिचर) 

kharibot

काठमाडौं । अघिल्ला वर्षमा जस्तो यो वर्ष बसपार्कमा भीडभाड देख्न पाइँदैन । हिजो अर्थात् ९ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुलिसकेको छ तर बसपार्क पुग्दा दशैँ चहलपहल  अनुभूति हुने गरी देखिने खालको छैन । 

सामान्य अवस्थामा जस्तै मानिसहरु टिकट लिने र जाने गरेका छन् । भीडभाड छैन र पनि सुदूरपश्चिम बस व्यवसायी संघका कर्मचारी भन्छन्, ‘३० गतेसम्मको लागि बुकिङ भइसकेको छ । हिजोको आजै सकियो ।’ तर  भीड देखिँदैन त भनेर सोध्दा उनी थप्छन्, ‘सुनधाराबाट आधा र बसपार्कबाट आधा टिकट बेच्छौँ, बसपार्कको टिकटचाहिँ सकिइसक्यो ।’ ती कर्मचारीले अगाडि खाली रहेको बताउँदै २४ गतेदेखि बस प्याक भइसकेको जानकारी दिए । 

यता २८ गते जाने टिकट लिन आएकी ललिता शर्मा दाङको बनगाईको लागि टिकट पाइनेमा ढुक्क छिन्, कुनै भीडभाड नभएकाले । पहिला भीडभाड हुन्थ्यो, आज मान्छे छैन आनन्दले टिकट पाइयो भन्नेहरु धेरै भेटिए बसपार्कमा । 

सुदूरपश्चिममा २८ बस दैनिक जाने बताउँदै साथीलाई धनगढीको टिकट काटिदिन बसपार्क आएका उत्तम चौलागाईं भन्छन्, ‘३१ गतेसम्मको लागि टिकट सकिसकेको छ भन्दैछन् । धनगढी प्याक कसरी भयो ? ब्ल्याकमा बेच्न खोज्दै छन् । १० प्रतिशत सरकारले भाडावृद्धि गराइदियो र पनि अझै कालोबजारी गर्न खोज्दै छन् ।’  मिडियाले जनताको कुरा भन्दा पनि सरकारको कुरा मात्र ल्याएको आरोप लगाउनसम्म भ्याए उनले । 

त्यस्तै बसपार्कमै भेटिएका गुल्मीका वसन्त लम्सालले टिकट पाएनन् । उनले तम्घास जाने टिकट नै पाएनन् । भीडभाड नभए पनि टिकट नपाएकोमा उनले गुनासो गरे । उनले भने, ‘ १५ गतेपछि आउनुस् पाउन सकिन्छ भनेर पठाए ।’ 

यता बसपार्कमा सुरक्षाको लागि खटिएका सेक्युरिटीका एक जनाले भने पहिलेजस्तो भीड नभएको जानकारी दिए । उनले भने, ‘मान्छे आएका छैनन्, पहिला भीडभाड हुन्थ्यो, अहिले छैन ।’ 

यस्तो देखियो दशैको बसपार्क 

  • सबै तस्बिर : सकला दवाडी/खरीबोट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै