• २०८१ बैशाख १४ शुक्रबार

सहमतिमा प्रदेशको नामाङ्कन : मुख्यमन्त्री राई

kharibot

धनकुटा।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बतएकाछन्  । 

पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिने बताए । 

सरकारको उद्देश्य प्रदेश नं १ लाई सबल र समृद्ध बनाउने भएकाले दुई तिहाइको बलबाट टुङ्गो लगाउने कसरतमा आफू नलागेको बताउँदै उनले चालू प्रदेशसभाबाट नै सहमतिमा नामाङ्कन र राजधानी तोकिने बताए । 

प्रदेशको राजधानी कहाँ हुने र नामाङ्कन के हुने भन्ने कुराले प्रदेशको समुन्नतिमा खासै अर्थ नराख्ने भन्दै उनले प्रदेश सरकार जिम्मेवार भएर सबै क्षेत्रको विकासमा लाग्ने बताए । मुख्यमन्त्री राईले सडक चौडा बनाउने, स्मार्ट सिटीहरु स्थापना गर्ने, औद्योगिक, पर्यटन र कृषि क्षेत्रहरु स्थापना गरी प्रदेशका जनतालाई समृद्ध बनाउने अभियानलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै