• २०८१ बैशाख १४ शुक्रबार

भजन गायक जलोटाले रियालिटी शो मै गरे प्रेमिकासँग ब्रेकअप !

kharibot

मुम्बई। भारतीय भजन गायक अनुप जलोटाले आफु भन्दा ३७ बर्ष कप उमेरकी प्रेमिकासँग रियालिटी टिभी शोमा नै ब्रेकअप गरेका छन्। टिभी शोको एक टास्कको क्रममा उनकी प्रेमिकाले आफुलाई साथ नदिएको भन्दै उनले सबै प्रतियोगीका अगाडी आफु अब अलग भएको घोषणा गरेका हुन्।

यससँगै जलोटाले आफ्नो तीन बर्षदेखिको जसलीनसँगको सम्बन्धलाई पनि पूर्ण बिराम दिएका छन्। जलोटाको सो घोषणा पछि जसलीन रोइरहेको दृश्य शोमा देखाईएको थियो।   

रियालिटी शो बिग बोसमा भजन गायक अनुप जलोटा जसलिनसँग जोडी बनाएर आएपछि उनीहरुबीचको अफयेर्सको खुलासा भएको थियो । ६५ बर्षिय चर्चित गायक जलोटा बिग बोसमा आफ्नी २८ प्रेमिका प्रेमिकालाई लिएर शोमा भाग लिन घर भित्र गएपछि अहिले अनुप जलोटाको प्रेम प्रसंगको चर्चा सर्वत्र भएको थियो ।

गायिका समेत रहेकी जसलिन मथारुसँग आफु पछिल्लो साढे तीन बर्ष देखि रपम सम्बन्धमा रहेको र आफुहरु सँगै बस्ने गरेको जलोटाले शोमा सलमानखानकै अगाडी भनेपछि सबै हैरान भएका थिए । दुवैले आफ्नो प्रेमलाई सबैको अगाडी ल्याउन यो शोमा आएको पनि खुलासा गरेका थिए । भारतमा भजन गायकको रुपमा चर्चित जलोटाले भारत सरकारको तर्फबाट सन् २०१२ मा पदमाश्री सम्मान पनि पाएका छन्।  अहिले आफूभन्दा ३७ बर्ष कम उमेरकी युवतीसँग प्रेममा रहेको खुलासापछि अहिले बलिवुडमा सनसनी मच्चाएपनि जलोटाले गरेको ब्रेकअपले फेरी चर्चा पाएको छ ।
      
शोमा जलोटाले गायिका मथारु शुरुमा आफूसँग संगीत सिक्न आएको बताउदै पहिला प्रेम प्रस्ताव मथारुले नै राखेको बताएका थिए । गायिका मथारुले पनि आफु जलोटासँग रहदा खुशी महसुस गर्ने भन्दै आफुले जलोटालाई प्रेम गर्ने खुला रुपमा बताएकी थिइन् ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै