• २०८१ बैशाख १४ शुक्रबार

मुस्ताङको जोमसोममा कृषि विकास बैंकले थाल्यो अनलाइन बैंकिङ

kharibot

काठमाडौं । मुस्ताङ्गको जोमसोममा कृषि विकास बैंकले अनलाइन बैकिङ्ग सेवा दिन सुरु गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् । 

कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि जोमसोमका प्रबन्धक सुदिल घिमिरेले राखेका थिए ।

सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा भू.पू. सभासद श्रीमाया थकाली, उच्च शिखर सैनिक शिक्षालयका महासेनानी सुनिलराज विष्ट, बज्रदलका प्रमुख सेनानी पंकज पोख्रेल, उच्च शिखर सैनिक शिक्षालयका प्रमुख सेनानी अमर सिंह थापा, सीमा सुरक्षाबलका प्रमुख हरी गुरुङ्ग, पत्रकार महासंघ मुस्ताङ्गका अध्यक्ष सुन्दर थकाली, जिल्लास्थित कार्यालय प्रमुखहरु, सेवाग्राहीहरु, जिल्ला समन्वय समिति प्रमुख छिरिङ्ग ल्हामो गुरुङ्ग , प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, कर्जा ग्राहकको तर्फबाट भीम बहादुर रसाइली लगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लि.का प्रवक्ता हिमलाल पौडेलले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै