• २०८१ बैशाख १४ शुक्रबार

भेरी अञ्चल अस्पतालका ११ आरोपितलाई विशेष अदालतको सफाइ

kharibot

काठमाडौँ। विशेष अदालतले भेरी अञ्चल अस्पताल बाँकेको भ्रष्टाचारसम्बन्धी मुद्दामा ११ जनालाई सफाइ दिएको छ । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले पद्मबहादुर जिसीसहित चार र पीताम्बर सुवेदीसहित सात जनालाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि भेरी अञ्चल अस्पतालको सरकारी रकम अनियमता गरेको विसं २०७३ भदौ २६ मा जिसीसहित चार जनाविरुद्ध र विसं २०७४ वैशाख १२ मा सुवेदीसहित सात जनालाई छुट्टाछुट्टै आरोपपत्र दर्ता गरेको थियो । 

अख्तियारले दर्ता गरेको आरोपपत्रमा पीताम्बर सुवेदी रु ४२ लाख ११ हजार, पद्मबहादुर जिसी रु ८७ हजार, मनिराम वर्मालाई रु ८२ लाख तीन हजार ८१६ र माधवप्रसाद ज्ञवालीलाई रु २१ लाख दुई हजार १५२ रकम हिनामिना उल्लेख गरेको थियो । अख्तियारले दाबी गरेअनुसारको प्रमाण पुग्न नसक्दा ११ जनाले सफाइ पाएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै