• २०८१ बैशाख १५ शनिबार

राजनीतिसँगै साहित्य-संगीतमा सक्रिय शाही

kharibot

तरुण दलका महासचिव भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाली कांग्रेसका सस्थापक नेता वीपि कोइराला राजनीतिज्ञ मात्र नभएर सफल साहित्यकार पनि थिए । वीपी कोइरालाका दर्जनौ पुस्तकहरु प्रकाशित भयका छन् ।

पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने सस्कृती बिस्तारै हराउँदै जान थालेको छ । कांग्रेसमा वीपीको चेलाको रुपमा आफुलाई साहित्य संगितको क्षेत्रमा कलम चलाउने थोरै नेताहरु मध्य प्रदिप गिरि, नरहरी आचर्य, बलदेब मजगैया, बिश्वप्रकाश शर्मा र भुपेन्द्रजंग शाही लगायत छन् । 

नेपाल तरुण दलका महासचिव शाहीले वीपी कोइरालाको बाटो पछ्याउँदै संगितको क्षेत्रमा शाहीको शब्द रचनामा  सबैको मन छुने  सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा,ब्यथा,दुःख र मर्मसँग जोडिएको ‘मेरो मनको राजा’ गीत सार्वजनिक भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

अति नै मार्मिक शब्दहरुले भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा नवउदयमान संगीतकार रेखा पौडेलले संगीत दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

भूपेन्द्रजंग शाही सञ्चारमाध्याममा कुनै न कुनै रुपमा छाइरहने नाम हो । नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा दुई पटक सांसदको उम्मेदवार भइसकेका शाही बहुप्रतिभाका धनि छन् । उनी नेपाल तरुण दलको बर्तमान महासचिव हुन् भने राजनीति भन्दा बाहिर उनी साहित्य र संगीतमा पनि त्यतिकै सक्रिय छन् । यसअघि पनि उनका गीतहरु रेकर्ड भईसकेका छन् । 

त्यस्तै उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित भएको छ । उनको ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित छन् । 

‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै