• २०८१ जेठ ६ आइतबार

गजल

kharibot

छन तिम्रा तस्विर मेरा आँखामा छन!
केही मुटुमा केही यि हत्केलामा छन!!

एकमुठी प्राण बचाऊनकै  खातिर
कोही साऊदी कोही मलेसियामा छन!!

यसपालीको तिहारमा यस्तै  गर्नु  दिदी
लगाईदिनु टिका मेरा तस्विर भित्तामा छन!!

मलाई बिदाई गर्ने भनेर सबै आएको देखे 
बुवा आमा दिदी दादा साथमा मामा छन!!

तिमी पनी पढ्न सक्छौ मेरा कथा कहानी 
खोज्दै जाऊ पुरानै ईतिहासका पानामा छन!!
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै