सिमरा विमानस्थलमा हवाइ सुरक्षा अभ्यास 

खरीबोट

बारा । सिमरा बिमानस्थलमा आकस्मिक रुपमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा सोमबार सिमरा विमानस्थलमा यस्तो अभ्यास गरिएको हो । 

कुनै पनि आपत्कालीन अवस्थामा सबै निकायहरुले तत्परताका साथ आफ्नो काम गर्न सकून् र भवितव्यमा हुने घटनाहरुमा न्यूनतम जनधनको क्षति होस् भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको नागरिक उड्डयन प्राधिकरणका निर्देशक शिशिर चित्रकारले बताए । 

दुर्घटना जानकरी दिएर नआउने र दुर्घटना हुन नदिन सधैँ तयारी अवस्थामा बस्नुपर्ने कुरालाई यस अभ्यासले सिकाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए ।

उनले विमानस्थलमा आकस्मिक रुपमा हुने दुर्घटना हुनै नदिने यदि भइहाले पनि त्यसबाट क्षति कम गर्ने अभ्यास गर्नुपर्छ र त्यही अभ्यासका लागि यो प्रशिक्षणको आयोजना गरिएको उनको भनाइ छ । भट्टराईले यस अभ्यासबाट विमानस्थलका साथै समग्र जिल्लाकै सुरक्षामा सहयोग पुग्ने विश्वास राखेको समेत जानकारी गराए । 

जिल्लामा आपत्कालको समयमा परिचालन गर्न बनाइएको सुरक्षा युनिटमा विमानस्थलको सुरक्षालाई पनि समावेश गर्ने गरी यस अभ्यासमा सिमरा विमानस्थलसँग सरोकार राख्ने बारा र पर्साका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुख, स्वास्थ्य प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

सम्बन्धित समाचार

जोमसोम विमानस्थल स्तरोन्नति ६५ प्रतिशत पूरा

बागलुङ । मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।  धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को अनुदानमा

धनगढी विमानस्थलमा हवाईसेवा पुनः सञ्चालन

धनगढी । धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थलमा आजबाट जहाजको उडान र अवतरण पुनः शुरु भएको छ । धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको

दुईपटक म्याद थप्दा पनि सकिएन दिपायल विमानस्थल निर्माण

डोटी । डोटीको दिपायल विमानस्थलको कालोपत्रको काम तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माणकार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दासमेत दिपायल विमानस्थलको निर्माणकार्य


z