• २०८१ बैशाख १५ शनिबार

नेपाल बङ्गलादेश बैंकको ७९ र ८०औं शाखा बुलिङ्गटार र रामपुर कालीमाटीमा 

kharibot

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७९ र ८०औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले २०७५, आश्विन २१ गतेबाट नवलपरासी जिल्लाको बुलिङ्गटारमा बैकका सञ्चालक दिपक कार्कीद्वारा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ ।

त्यसैगरी आश्विन २२ गतेबाट सल्यान जिल्लाको रामपुर,कालिमाटिमा बैकका सञ्चालक मुकुन्दनाथ ढुङ्गेलद्वारा एक समारोह बिच नया शाखाको शुभारम्भ भएको थियो ।

बैकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।  

बुलिङ्गटार र रामपुर,कालिमाटि शाखाहरु सहित बैंकले ८० शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५७ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय