• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकमा नौ प्रतिशत ब्याजदरमा नयाँ गाडी कर्जा

kharibot

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजनाअन्तर्गत नौ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।

गाडीको कोटेशनमा अंकित मूल्यको बढीमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिनेछ ।

कर्जा अवधि ५ वर्षसम्म भएमा ९ प्रतिशत र ५ वर्षभन्दा बढी कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागू हुनेछ । 

बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०७५ कात्तिक मसान्तसम्म मात्र लागू हुनेछ ।

निवेदन दिएको ७ कार्य दिनभित्र निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ ।

यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै