कर्णाली सरकार र विज्ञ समूहबीच परामर्श बैठक

खरीबोट
ad

सुर्खेत। कर्णाली प्रदेश सरकार र यसअन्तर्गत गठित विज्ञ समूहबीच परामर्श बैैठक भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको परामर्श बैठक बजेट कार्यान्वयनमा केन्द्रित भएको हो ।     

बैठकमा विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा पुण्य रेग्मी, डा सुरेश तिवारी, डा कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधानले समूहको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका समूहका संयोजक शर्माले भने, “जनतालाई परिणाम चाहिएको छ । कानूनी अड्चनलाई सल्टाएर बजेट कार्यान्वयनमा सरकारले तदरुकता देखाउनुपर्दछ ।” जनतालाई सरकारी प्रक्रियाको सरोकार नहुने भन्दै उनले सरकारलाई परिणाममुखी बनाउन सुझाए । 

बजेट कार्यान्वयनका निम्ति आवश्यक संयन्त्र एवं कानून निर्माण गरी कर्णालीको विकासमा प्रभावकारिता ल्याउन चालू आवमै ठूला परियोजनाको विस्तृत प्रतिवेदन तयार गर्न जोड दिँदै समूहले प्रदेश सरकारलाई सक्दो सहयोग गर्ने उनको भनाइ थियो । उहाँले प्रदेश सरकारको नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहज वातावरण बनाउन कर्मचारी प्रशासनलाई आग्रह गरे  । 

खासगरी चालू आवको बजेट कार्यान्वयनका चुनौती, समाधानका उपाय र तत्काल प्रदेश सरकारले निर्माण गर्नुपर्ने कानूनलगायत विषयमा विज्ञले प्रदेश सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले जानकारी दिईन । 

विज्ञ समूहका सदस्य र प्रदेश सरकारबीच बिहीबार पुन:  संयुक्त बैठक बस्ने जनाइएको छ । बैठकमा प्रदेश सरकारका मन्त्रीहरु प्रकाश ज्वाला, नरेश भण्डारी, बिमला केसी, दल रावल, खड्कबहादुर खत्री, नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवको सहभागिता रहेको थियो । 

कृषि मन्त्रालयअन्तर्गत पाँच कार्यालय उद्घाटन 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सुर्खेतमा पाँचवटा कार्यालयको उद्घाटन गरिएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि विकास निर्देशनालय, माटो तथा मल परीक्षण, बीउबिजन, बाली संरक्षण प्रयोगशाला र कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालीम केन्द्रको एकै पटक उद्घाटन गरे । 

प्रदेश सरकारका कामकाजलाई छरितो गर्न र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कृषि मन्त्रालयअन्तर्गत कार्यालय स्थापना गरिएको सहकारीमन्त्री केसीले बताए । यसअघि दैलेख, रुकुम, हुम्लामा कृषि ज्ञान केन्द्र खोलिएको बताउँदै उहाँले निकट केही दिनमै जुम्लामा कृषि ज्ञान केन्द्रको उद्घाटन गरिने बताए ।

सम्बन्धित समाचार

जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा

सल्यान /  कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन  ।  सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आज उद्घाटन गर्दै

कर्णाली प्रदेशमा विज्ञ समूहसँगको परामर्श बैठक सम्पन्न 

सुर्खेत। कर्णाली प्रदेश सरकार र यसद्वारा गठित विज्ञ समूहबीचको परामर्श बैठक उपलब्धिमूलक भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताएकी छन् ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको

दशैँअघि कर्णालीमा चामल ढुवानी गरिने

सुर्खेत। नेपाल खाद्य संस्थान सुर्खेतले दशैँअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ ।  हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको

कर्णाली सरकार र विज्ञ समूहबीच परामर्श बैठक

सुर्खेत। कर्णाली प्रदेश सरकार र यसअन्तर्गत गठित विज्ञ समूहबीच परामर्श बैैठक भएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको परामर्श बैठक बजेट कार्यान्वयनमा केन्द्रित भएको हो ।  


z