• २०८१ बैशाख १५ शनिबार

रोनाल्डोका वकिल भन्छन्- बलात्कारको आरोपमा पेश गरिएका प्रमाणहरु नक्कली

kharibot

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारका आरोपमा पेश गरिएका प्रमाणहरु नक्कली भएको उनका वकिलले बताएका छन् ।

रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले जर्मनी मिडियामार्फत खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै १० बर्षअघिको भनिएको यो प्रकरणमा कानुनी दाउपेच सुरु भएको थियो। यहि प्रकरणमा भेगसको प्रहरीले रोनाल्डोलाई २० दिनको समय दिएर आफ्नो पक्ष राख्न भनेको थियो। 

तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु नक्कली भएको बताएका छन् । रोनाल्डो आफैले पनि यो घटना झुटो भएको बताउँदै आएका छन् । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन् । 

तरपनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिल भेट्न लिस्वन पुगेका थिए । यो भेटपछि पहिलो पटक रोनाल्डोका वकिलले एक स्टेटमेन्ट सार्वजनिक गर्दै काथरीनको डकुमेन्टहरु जाली भएको र सबै प्रमाण डिजिटल रुपमा परिमार्जित गरेको बताएका छन् । ३४ वर्षीय काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन् ।

रोनाल्डोका वकिलले सन् २००९ मा भेगसमा भएको घटना बलात्कार नभई दुवैको सहमतिमा भएको भन्दै सो कुरालाई रोनाल्डो अस्विकार नगरेको प्रष्ट पारेका छन्। साथै सो घटनापछि रोनाल्डो र काथरिनबीच सहमति भएको पनि उनका वकिलले स्वीकार गरेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै