४० हजार घुससहित उपसचिव लालबाबु साह पक्राउ

खरीबोट

पर्सा। पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् । 

शाहले ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले जनाएको छ ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको  श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् । विद्यालयको भवन निर्माणका लागि बैंकमा कार्यालयले रकम पठाएको थियो । त्यसरी पठाएको रकमको फुकुवा भने कार्यालयले दिएको थिएन ।

त्यही रकम फुकुवा गराउन प्रमुख साहले विद्यालय निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्टिङ्ग अप्रेशन अन्र्तगत साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

सम्बन्धित समाचार

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ

जनकपुरधाम। नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक

बलात्कारको आरोपमा एक युवा पक्राउ

अछाम । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई

बालक अपहरण गर्ने तीन जना पक्राउ

भद्रपुर। सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी

सय थान राहदानीसहित एक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने


z